top of page
Abstract Painting

पुस्तक ४ : भविष्यको योजना

  • 66 Steps

About

तपाईलाई भित्री सुन्दरताको पाठ्यक्रम “पुस्तक ४ – भविष्यको निम्ति योजना” मा स्वागत छ । तपाईले थप अन्य ११ पाठहरुमा हरेक केटीहरुलाई समापनको प्रमाण–पत्रहरु दिनुहुनेछ । जसले उनीहरुलाई विशेष बनाउने भित्री सौन्दर्यता र अद्धितीय क्षमताहरु र योग्यताहरुलाई कसरी हाँसिल गर्ने भनि सिकेका हुन्छन् । यो अन्तिम पुस्तकले केटीहरुलाई आफ्नो क्षमताहरु र योग्यताहरुलाई प्रयोग गरि कसरी अघि बढ्ने र भविष्यतिर लम्कने भनि सिकाउँनेछ । यी बाँकी ११ पाठहरु केटीहरुलाई केवल संसारमा जान र एक अगुवा हुनको लागी सशक्तिकरण गर्नको निम्ति मात्र नभएर उनीहरुले के गर्न सक्छन् । उनीहरुले कस्तो किसिमको नमूनायुक्त व्यक्तित्व आफुमा विकास गर्न सक्छन् भनि उत्साह दिनका निम्ति प्रयोग गर्नुहोस् । यो पुस्तकमा “लक्ष्य निर्धारण गर्नु” “भविष्यको निम्ति योजना” “अगुवाई कसरी गर्ने भनि सिक्नु” “नेतृत्व गर्ने महिलाहरु” र “उदाहरणीय व्यक्ति बन्नु” शिर्षकहरु समावेश गरिएका छन् । प्रथम दुई शिर्षकहरुले उनीहरुलाई आफ्नो भविष्यको बारेमा चिन्तन गर्न सहायता गर्दछ । साथै उनीहरुले भविष्यमा गर्नुपर्ने चिन्तन र छनोटहरुलाई व्यवहारिकरुप दिने स्रोतहरु उपलब्ध गराउँदछ । अन्तीम तीन शिर्षकहरु यो पाठ्यक्रम तयार पार्नुको मुख्य उद्धेश्य केटीहरुलाई अगुवाहरु बनाउनुको सारांशहरु हुन् । केटीहरु भित्री सुन्दरताबाट विद्यालयहरु र समुदायहरुमा चर्चित केटीहरु, जवान र महिलाको रुपमा चिनिनेछन् । अन्य केटीहरुलाई पनि सकारात्मक सोंचहरुमा जीउन उत्साह दिने केटीहरुमा परिवर्तन हुनेछन् ।

Overview

Share

bottom of page